इलाममा सौतेनी आमाको हत्या गर्ने एक जना पक्राउ

न्युजलय १७ बैशाख २०८१, सोमबार १२:४२ मा प्रकाशित

इलाम । आफ्नै सौतेनी आमाको हत्या गरेको अभियोगमा इलामबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

३१ वर्षीया नेत्र माया खवासको हत्या आरोपमा माई नगरपालिका–२ बस्ने २१ वर्षीय सन्देश दियालीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । 

सन्देशले मादक पदार्थ सेवन गरेर घरायसी विवादमा बाम्पफोक प्रहार गर्दा नेत्र मायाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।