यो साता ह्वात्तै घट्यो सुनचाँदीको मूल्य

न्युजलय ९ असार २०८०, शनिवार ०१:१० मा प्रकाशित

काडमाडौँ । यो साता सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म सुनचाँदीको मूल्यमा गिरावट आएको हो । 

महासंघका अनुसार यो साता सुनको मूल्यमा प्रतितोला २ हजार र चाँदीको मूल्यमा प्रतितोला ९० रुपैयाँको गिरावट आएको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँ थियो ।

यो साताको शुक्रबार छापावाल सुनको कारोबार प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँ छ ।