संखुवासभा कारागारमा कैदीबन्दीबीच कुटाकुट हुँदा दुई जनाको मृत्यु

न्युजलय २४ साउन २०८०, बुधबार ११:५० मा प्रकाशित

संखुवासभा । जिल्ला कारागार संखुवासभामा कैदीबन्दीबीच कुटपिट हुँदा दुई जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार चोरी मुद्दामा सजाय भोगिरहेका आकाश बलामी र जबरजस्ती करणीमा मुद्दा खेपिरहेका बिनोद तोलांगीको बुधबार मृत्यु भएको हो । 

कारागारको शौचालयको झ्याल काटेर भाग्न खोजेपछि उनीहरूलाई प्रहरी र कारागार प्रशासनले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएलगत्तै उनीहरूलाई कारागारभित्र राखिएको र केहीबेरमा कैदीबन्दीबीच कुटाकुट हुँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।