काठमाडौं । गायक महेश काफ्ले तथा गायिका अस्मिता अधिकारीको आवाजमा रहेको नयाँ गीत ‘जोवन दिने कि नदिने’ सार्वजनिक भएको छ ।
गीतमा महेशको नै शब्द र संगीत रहेको छ । भिजुअल आर्ट्सको प्रस्तुतिमा ई–क्याब नेपालको सहकार्यमा गीतको भिडियो तयार भएको छ ।
बिबेक रसाइलीको निर्देशनमा तयार भएको गीतको भिडियोमा महेश र अस्मिता नै फिचर रहेका छन् । नवराज उप्रेतीले खिचेको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् ।