लिचीको दाना घाँटीमा अड्किएर एक बालकको मृत्यु

न्युजलय ३३ जेठ २०८०, शुक्रबार ०१:३६ मा प्रकाशित

सिन्धुली । घाँटीमा लिचीको दाना अड्किएर सिन्धुलीमा एकजना बालकको मृत्यु भएको छ । 

विहिबार राती लिचि खाँदा दाना अड्किएर कमलामाई नगरपालिका–६ धुराबजारका तीन वर्षीय बालक क्रियान तामाङको मृत्यु भएको हो । लिचीको दाना अड्किएपछि राति नै उनलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको थियो ।

बालकको लिचीको दाना अड्किएर उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।