सुनचाँदीको मूल्य बढ्यो

न्युजलय २७ माघ २०८२, सोमबार १२:१६ मा प्रकाशित

काठमाडौँ । आज पनि सुनचाँदीको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको ४ हजार १ सय रुपैयाँ र चाँदीको मूल्य २४० रुपैयाँले बढेको हो । आज सुनको मूल्य तोलामा ३ हजार ४ हजार ६०० रुपैयाँ पुगेको छ । 

अघिल्लो दिन सुनको मूल्य ३ लाख ५०० रुपैयाँ रहेको थियो । 

महासंघका अनुसार आज चाँदीको मूल्य २४० रुपैयाँले बढेर ५ हजार २५० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार १० रुपैयाँ रहेको थियो ।