काठमाडौं । आइतबार सुनको मूल्य ३ हजार रुपैयाँले बढेसँगै नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आइतबार सुनको मूल्य २ लाख ३ हजार ६०० रुपैयाँ कायम भएको छ ।
महासंघका अनुसार आइतबार चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले बढेको छ । आइतबार चाँदीको मूल्य २ हजार ४२५ रुपैयाँ प्रतितोला पुगेको छ ।