पाकिस्तानको क्वेटामा भएको विष्फोटमा १३ जनाको मृत्यु

न्युजलय १८ भदौ २०८२, बुधबार ११:४० मा प्रकाशित

काठमाडौं । पाकिस्तानको क्वेटामा बलुचिस्तान नेशनल पार्टी (बीएनपी) को र्‍यालीपछि भएको विष्फोटमा १३ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्। 

बैठक सकिएपछि आफ्नो साथीलाई पर्खिरहेको बेला अचानक शक्तिशाली विस्फोट भएको बताइएको छ ।

बलुचिस्तान नेशनल पार्टीका केन्द्रीय सूचना सचिव आगा बलोचले नवाब नियाज जेहरीको गाडी नजिकै विष्फोट भएको बताए। उनले विस्फोटमा उनका केही व्यक्तिगत सुरक्षाकर्मीको पनि मृत्यु भएको बताएका छन्।

राज्य सरकारले घटनाको छानबिन गर्न आदेश दिएको छ।