काठमाडौँ । बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदी बढेको छ।
बुधबार तोलामा एक हजार तीन सय रूपैयाँ घटेको सुनको भाउ आज स्थिर रहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।
बुधबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला १७ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ।