धरान । धरानका पूर्वमेयर मनोजकुमार मेन्याङ्बोले भ्रष्टाचार गरेको प्रमाण देखाउन चुनौती दिएका छन् । हर्क साम्पाङ समर्थकलाई लक्षित गर्दै उनले सामाजिक सञ्जालमार्फत् यस्तो चेतावनी दिएका हुन् ।
आफ्नो नेतृत्वमा बनाएको धरानको खण्टाघरका कर्मचारी हटाएर मेयर साम्पाङले आफन्त नियुक्ती गरेपछि मेन्याङबो असन्तुष्ट थिए । साम्पाङले आफ्ना ज्वाईँ र जेठानलाई कर्मचारी राखेका छन् ।
मेन्याङबोले भ्रष्टाचार गरेकोले घण्टाघरका कर्मचारी फेरेको भन्दै साम्पाङका समर्थकहरुले आरोप लगाएपछि मेन्याङ्बोले भ्रष्टाचार प्रमाणित गर्न चुनौति दिएका हुन् ।
उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘मेयर हर्कका केही झोलेहरुले मेरो सम्पत्ति छानबिन को माग मेयर सामु राखेका रहेछन् । म चुनौती दिन चाहन्छु मेरो सम्पतिमा सार्बजनिक पद धारण गरेर र सामाजिक सेवाका नाममा पद प्रतिष्ठा र हैसियतको दुरुपयोग गरि भ्रस्टाचार गरेको एक रुपिया मात्र प्रमाणित गरेर देखाउm ।’