काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ५ सयभन्दा बढीमा डेंगु संक्रमण पुष्टी भएको छ । आइतबार साँझसम्म २४ हजार ४९२ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म डेंगु संक्रमणका कारण मृत्यु हुनेको संख्या २९ पुगेको बताइएको छ ।
अहिलेसम्म सबैभन्दा बागमती प्रदेशमा १९ हजारमा डेंगु संक्रमण भएको छ । त्यस्तै, लुम्बिनी प्रदेशमा दुई हजार ८७२, सुदूरपश्चिममा ७७७, प्रदेश १ मा ७५३, गण्डकीमा ५३७, मधेशमा ३२३ र कर्णालीमा २३० जनामा डेंगु संक्रमण भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म देशभरका ७६ जिल्लामा डेंगु संक्रमण फैलिएकाले यसलाई ‘प्रकोप’ घोषणा गर्ने तयारी भइरहेको छ।