सुनको भाउ बढ्यो

न्युजलय ५ माघ २०८२, आइतबार १२:५७ मा प्रकाशित

काठमाडौं । आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै, चाँदीको भाउ भने आज तोलामा २० रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ६४५ रुपैयाँ रहेको चाँदी आज ५ हजार ६२५ रुपैयाँमा झरेको छ ।