बढ्यो सुनको भाउ

न्युजलय ६ माघ २०७९, शुक्रबार ०४:५२ मा प्रकाशित

 काठमाण्डौ । सुनको भाउ बढेर तोलाको एक लाख पाँच हजार दुई सय रुपैयाँ पुगेको छ । 

सुनको भाउ आज (शुक्रवार) तोलामा सात सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी  महासङ्घले जनाएको छ । 

हिजो बिहीवार सुनको भाउ तोलामा एक लाख चार हजार पाँच सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २० रुपैयाँले बढेर चाँदी आज एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।