मेष । कला, साहित्यमा रुचि बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । भक्ति र सेवा भाव बढेर जानेछ ।
वृष । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमिबाट लाभ रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । लाभदायक यात्रा पनि रहला ।
मिथुन । आज सहकर्मीबाट विरोध आउन सक्छ । यात्रामा मालसामान पनि हराउन सक्छ, तर धनार्जनका नयाँ स्रोतहरू भने पत्ता लाग्नेछन् ।
कर्कट । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएको धन हात पर्ला । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।
सिंह । आज धार्मिक यात्रा रहनेछ । लामो समयपछि आफन्तसँग भेटघाट हुनेछ । शुभ कार्यमा सरिक भइने र शुभ समाचारले मन पनि प्रसन्न रहनेछ ।
कन्या । आज व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू पनि अगाडि बढ्नेछन् ।
तुला । मनमा दुबिधा उत्पन्न हुनेछ । सरकारी निकायको भय रहनेछ, तर आर्थिक लाभ र सहयोग मिल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ ।
धनु । शुभ कार्यको काम अघि बढ्नेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्षप्रति आकर्षण बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ ।
वृश्चिक । आज कुनै कुराले मनमा शान्ति छाउनेछ । मन्दिरको दर्शन हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ, तर स्वास्थ्यमा सजगता अपनाउनु पर्नेछ ।
धनु । शुभ कार्यको काम अघि बढ्नेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्षप्रति आकर्षण बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ ।
मकर । आज शुभकार्यको चर्चा चल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।
कुम्भ । आज विद्यार्थीको पढाईमा मन नजान सक्छ । प्रेम जीवनमा पनि असमझदारी हुन सक्ने भएकाले विचार गर्नुपर्छ, तर शिक्षामा सफलता मिल्नेछ ।
मीन । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । आर्थिक कारोबारमा सफलता पाइएला ।