सुनको मूल्य घट्यो

न्युजलय १६ फाल्गुण २०८०, बुधबार ११:५३ मा प्रकाशित

काठमाडौं । बुधबार(आज) सुनचाँदीको मूल्य घटेको छ।

आज  सुनको मूल्य १ सय रुपैयाँ घट्दा चाँदीमा पाँच रुपैयाँ कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अुनसार बुधबार छापावाल सुन तोलाको १ लाख १८ हजार २ सय रुपैयाँ कायम भएको छ। तेजाबी सुनको मूल्य तोलाको १ लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार चाँदी बुधबार तोलाको १ लाख ३७५ रुपैयाँ कायम भएको छ।