सुनको भाउ बढ्यो

न्युजलय ७ असोज २०८२, मङ्गलबार १२:१३ मा प्रकाशित

काठमाडौँ। मंगलबार सुनको भाउ वृद्धि भएको छ । सुनको भाउ मंगलबार एकैदिन तोलामा तीन हजार नौ सय रुपैयाँ बढेको छ ।

मूल्य बढेसँगै आज छापावाला सुन प्रतितोला दुई लाख २१ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । 

सुनको भाउ यसअघि सोमबार प्रतितोला दुई लाख १७ हजार आठ सय रुपैयाँ रहेको थियो ।

यता, चाँदीको भाउ तोलामा ३० रुपैयाँ बढेर मंगलबार प्रतितोला दुई हजार छ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।