यस्तो छ आजको मौसम पूर्वानुमान

न्युजलय १६ कार्तिक २०७८, मङ्गलबार ०७:५० मा प्रकाशित

काठमाडौं । देशका विभिन्न भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । 


पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना  रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

 

आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बाँकी भू–भागमा सामान्यतया सफा रहने छ । पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

 

यसैबीच, आज काठमाडौं उपत्यकाको बिहान ६ बजेको तापक्रम ११.८ डिग्री सेल्सियस रहेको छ । यो हिजोको भन्दा कम हो । हिजो बिहान ६ बजे १४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । 


मौसमविद् नगरकोटीका अनुसार आज दिउँसो काठमाडौंको अधिकतम तापक्रम २४ देखि २६ डिग्री सेल्सियससम्म पुग्ने छ ।