सरकारले बिदा दिए पनि बैंक बन्द नहुने

न्युजलय ३० माघ २०७९, सोमबार ०९:०९ मा प्रकाशित

काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले अकस्मात् १ फागुनलाई ‘जनयुद्ध दिवस’ मनाउने भन्दै सार्वजनिक बिदा दिए पनि बैङ्कहरूका अत्यावश्यक सेवा भने सुचारु रहने भएका छन् ।

नेपाल राष्ट्र बैंकले एक सुचना जारी गरी देशभरका बैंकहरुलाई अत्यावश्यक सेवा प्रवाह नरोक्न भन्दै सेवाग्राहीहरुको हितमा ध्यानमा राखी बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बैंक सञ्चालन गर्न निर्देशन दिएको छ।

‘नगद कारोबार, चेक क्लियरिङ, आरटीजीएसलगायत बैंकिङ सेवा प्रदान गर्न बिहान ११ बजेदेखि अपरान्ह १ः३० बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्ने व्यवस्था मिलाउन हुन यो सुचना जारी गरिएको छ,’ राष्ट्र बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।