सार्वजनिक सडक मिचेको आरोपमा गायिका बुनु उप्रेतीमाथि कुटपिट

न्युजलय ३२ असोज २०७९, मङ्गलबार १२:२९ मा प्रकाशित

काठमाडौं । ललितपुरको टिकाथलीमा गायिका बुनु उप्रेतीमाथि कुटपिट भएको छ । सार्वजनिक सडक मिचेको आरोपमा स्थानीयले उनलाई कुटपिट गरेका हुन् । 

आफ्नो घर अगाडीको सडकमा गायिका उप्रेतीले गमला राखेकी थिइन् । सडक मिचेर गमला राखेको भन्दै स्थानीयले वडा र प्रहरी वृत सातदोवाटोमा निवेदन दिएका थिए । सो विषयमा विवाद हुँदा स्थानीयले उनलाई आक्रमण गरेका हुन् ।

 गायिका उप्रेतीले गमला राख्न बाटोमा बनाएको संरचना वडा कार्यालयले भत्काएको स्थानीयहरु बताउँछन् ।