आर्यन र उपासनाको चलचित्र ‘डिसेम्बर फल्स’ को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

न्युजलय ३० मङ्सिर २०७९, शुक्रबार ०१:०९ मा प्रकाशित

काठमाडौं । चलचित्र डिसेम्बर फल्स को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको मूख्य भूमिकामा अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीलाई देख्न सकिन्छ ।

त्यस्तै, चलचित्रमा सलोन बस्नेत, शिवहरी पौडेल, नगेन्द्र रिजाल, शिशिर राणा, गीता अधिकारी, प्रभात पल ठकुरी, नरेश भट्टराई, सुमन थापालगायतको पनि अभिनय रहेको छ ।

प्रविण झा निर्देशित चलचित्रका कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले हुन् भने निर्मातामा रामप्रसाद रिजालका साथै राजकुमार भट्ट छन् । चलचित्रको पटकथा तथा संवाद केदार भुषाल र प्रतिक पौडेलले तयार पारेका हुन् ।

चलचित्र आगामी पुष १५ बाट प्रदर्शन हुने भएको छ ।