घट्यो सुनचाँदीको मूल्य

न्युजलय ११ बैशाख २०८०, सोमबार ०५:१८ मा प्रकाशित

काठमाडौँ ।  सोमबार (आज) सुन र चाँदीको मूल्य घटेको छ। सुनको मूल्य आज प्रतितोला २०० रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार १०० रुपैयाँ कायम गरिएको छ । यस्तै तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। 

त्यसैगरी, आज चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।