वेदान्त हस्पिटलमा बरीष्ठ स्त्री रोग विषेशज्ञ डा. सबिना लामिछानेको सेवा सुरु

न्युजलय १८ चैत २०७९, शनिवार ०८:०० मा प्रकाशित

इटहरी । वरिष्ठ महिला रोग विशेषज्ञ डा. सबिना लामिछानेले वेदान्त हस्पिटल प्रा लि इटहरीमा सेवा सुरु गरेकी छिन् । पाठेघरको अपरेसनको सेवासमेत सुरु भएको प्रबन्धक निर्देशक इन्द्र श्रेष्ठले बताए ।

त्यसका साथै गर्भवती, महिला तथा प्रसुतीसम्बन्धि सबै समस्याहरुको उपचार गरीने उनले बताए । 

२४ सै घन्टा इमरजेन्सी सेवा, डिजिटल एक्सरे, भिडियो एक्सरे, फार्मेसी, ल्याब, हाडजोर्नी तथा नसा रोग विशेषज्ञबाट सिआरएम मेसिनको प्रबिधिबाट  भाच्चिएको हड्डीलाई सिधा गरि के वार वा प्लेटिङ्ग गरि अप्रेसन गरिन्छ । साथै प्रत्येक दिन बिभिन्न रोगको विभिन्न बिशेषज्ञ डाक्टरहरुले सेवा प्रदान गर्दै आएको छ ।