घट्यो सुनचाँदीको भाउ

न्युजलय ९ बैशाख २०८३, बुधबार १०:५४ मा प्रकाशित

काठमाडौं । आज सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज प्रतितोला तीन लाख ५०० कायम भएको छ । हिजो तीन लाख एक हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 

चाँदी भने तोलामा ३० रुपैयाँले घटेर प्रतितोला पाँच हजार १३० कायम भएको छ ।