स्किल क्याम्पसको पहलमा इटहरी अस्पताललाई चिनियाँ कलेजको सहयोग

न्युजलय २० मङ्सिर २०७८, सोमबार ०८:१५ मा प्रकाशित

इटहरी । स्किल क्याम्पस, इटहरीको पहलमा चीनको हाइनान प्रान्तको ‘हाइनान कलेज अफ भोकेशन एण्ड टेक्निक’बाट आएको चिकित्सा सामाग्री आज (सोमबार) इटहरी उप महानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

 

उक्त सामाग्री इटहरी उप महानगरपालिकाकी उपमेयर लक्ष्मी गौतममार्फत इटहरी अस्पताललाई हस्तान्तरण गरिएको स्किल क्याम्पसका प्रबन्ध निर्देशक प्रज्वल पराजुलीले बताए । प्रदान गरिएका सामानमा ७० वटा प्राथमिक उपचारका सामानसहित को बक्सहरु छन् भने २५ थान अक्सिमिटर, १३० थान थर्मोमिटर लगायत छन् ।


कलेजका सञ्चालक पृथ्वी पराजुलीको विशेष पहलमा ती सामानहरु प्राप्त भएको कलेजले जानकारी दिएको छ । पृथ्वी भने केही साताका लागि अहिले अष्ट्रेलिया भ्रमणमा छन् ।


इटहरीमा जन्मे हुर्केका पृथ्वीले अष्ट्रेलियामा अध्ययन गर्नुका साथै त्यहाँका कलेजहरुमा होटल व्यवस्थापनसम्बन्धी लामो समयको अध्यापन गरेका थिए । पछि नेपाल फर्केर उनले स्कील कलेज सञ्चालन गरेका हुन् ।