गुडिरहेको गाडीमा करेन्ट लाग्दा चालकको मृत्यु

न्युजलय ११ बैशाख २०८०, सोमबार ०१:३८ मा प्रकाशित

विराटनगर । मोरङको उर्लाबारीमा करेन्ट लागेर एक टिपर चालकको मृत्यु भएको छ । 

उर्लाबारी नगरपालिका–५ का ३८ वर्षीय खडगबहादुर विकको गाडीमा लागेको करेन्टले मृत्यु भएको हो ।

आइतबारे भानुमार्गस्थित सडकमा ना ८ ख ४५२५ नम्बरको टिपरको डालाले विद्युतको मेन लाइनमा छुँदा करेन्ट लागेर गम्भिर घाइते भएका उनको उपचारका क्रममा निधन भएको बताइएको छ । 

तत्कालै उपचारको निम्ति अरनिको अस्पताल उर्लाबारी लगिएकोमा उपचारको क्रममा मृत्यु भगएको प्रहरीले बताएको छ ।