खुकुरीले काटेर श्रीमतीको हत्या गर्ने खोटाङका राई पक्राउ

न्युजलय ३२ जेठ २०८०, बिहिबार ०७:४४ मा प्रकाशित

 खोटाङ । खोटाङमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा स्थायी घर भई हाल सोही नगरपालिका–७ दोर्पा डेरा गरी बस्ने ३२ वर्षीय बालजीत राईलाई प्रहरीले पक्राउ गरेको हो  ।  

२८ वर्षीया श्रीमती सरिता तामाङको हत्या गरेको अभियोगमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

घरायसी विवादको क्रममा बालजीतले खुकुरी प्रहार गर्दा सरिताको घटनास्थलमै मृत्यु भएको र बालजीत फरार रहेको भन्ने खबर प्रहरीले उनको खोजी गर्ने क्रममा घर नजिकै रहेको जङ्गलमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 

प्रहरीले थप अनुसन्धान गरी आरोपित विरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ ।