झापा । झापाको दमक नगरपालिका १ स्थित रतुवा खोलाको बगरबाट गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा इलाम माङसेबुङ गाउँपालिका ६ का ४६ वर्षीय वीरकुमार राई रहेका छन्।
अस्थायी प्रहरी पोष्ट फाल्गुनन्दबाट खटिएको प्रहरी गस्ती टोलीले खोला बगरमा शंकास्पद अवस्थामा हिँडिरहेका राईको साथबाट ८ किलोग्राम १६० ग्राम अवैध लागुऔषध गाँजा बरामद गरिएको हो।
गाँजासहित पक्राउ परेका राईको इलाका प्रहरी कार्यालय दमकबाट अनुसन्धान भइरहेको छ।