झापा । झापामा हात्तीको आक्रमणबाट एक युवक घाइते भएका छन् ।
मेचीनगर नगरपालिका–१३ हातेमालो सामुदायिक वनमा हात्तीले आक्रमण गर्दा स्थानीय २६ वर्षीय आकाश दाहाल घाइते भएका हुन् ।
बुधबार साँझ दाउरा लिन वनमा गएका बेला जंगली हात्तीले उनलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।