महिला साकोसद्वारा जेष्ठ सदस्य सम्मानित

न्युजलय २० चैत २०७९, सोमबार ०५:०३ मा प्रकाशित

सुनसरी । इटहरीस्थित महिला बचत तथा ऋण सहकारी संस्था लि.ले सोमबार ७० वर्ष उमेर पुगेका ३३ जना शेयर सदस्यहरुलाई सम्मान गरेको छ । ६६ औं राट्रिय सहकारी दिवसको अवसरमा ती सदस्यहरुलाई सम्मान गरेको हो ।

साकोसकी अध्यक्ष अमृता सुब्बाको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाकी उप–प्रमुख संगिता कुमारी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संयोजन संचालक सदस्य रुद्रमाया भट्टराईले गरेकी थिइन् । 

संस्थाले वर्षेनी औपचारिक कार्यक्रमको आयोजना गरी ज्येष्ठ सदस्यहरुलाई सम्मान गर्ने गरेको छ । महिला बचत तथा ऋण सहकारी संस्था प्रदेशमै महिलाहरुले सञ्चालन गरेको अग्रणी सहकारी संस्था हो ।