मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेर एक बालिका गम्भीर घाइते

न्युजलय २५ असार २०८०, सोमबार ०३:३७ मा प्रकाशित

झापा । झापाको मेचीनगर–१० धुलाबारीमा रहेको एक मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेर आठ वर्षीया बालिका गम्भीर घाइते भएकी छिन् ।

सानो साथी किन्डर गार्टेन (मन्टेश्वरी)को शौचालयको सेफ्टी ट्यांकीमा डुबेर मेचीनगर–१० ओमशान्तिकी मेरिना लिम्बु गम्भीर घाइते बनेकी हुन् ।

उनको अवस्था चिन्ताजनक छ । उनको अहिले विर्तामोडस्थित बिएण्डसी अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको छ ।

आज दिउँसो साडे १२ बजे खाजा खाइसकेपछि बालिकालाई कोठामा नभेटिएको र खोजी गर्दा सेफ्टी ट्यांकीमा डुबेर बेहोसी अवस्थामा भेटिएको बताइएको छ । 

घटनापछि उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।