सप्तरी । माछालाई दाना खुवाउन पोखरी पसेका एक जनाको मंगलबार डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ ईटहर्वाका ५२ वर्षीय बाबुनन्द चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आफ्नै माछापोखरीमा दाना हाल्न पोखरी गएका चौधरी घर नफर्केपछि आफन्तजनले खोज्ने क्रममा उनको शव पोखरीमा फेला पारेको प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।
घटनाबारे थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।