बढ्यो सुनचाँदीको मूल्य

न्युजलय २६ पुस २०८१, शुक्रबार ११:३३ मा प्रकाशित

काठमाडौं । शुक्रबार पनि सुनचाँदीको मूल्य बढेको छ ।आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको हो । बिहीबार पनि सुनको मूल्य ८०० रुपैयाँले नै बढेको थियो ।

आज छापावाल सुन प्रतितोला १ लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १ हजार ८४५ रुपैयाँले कारोबार भइरहेको महासङ्ले जनाएको छ ।