उर्लाबारी । मोरङको कानेपोखरी–रङ्गेली सडक अवरुद्ध भएको छ । बुधबार(आज) बिहानदेखि परेको अविरल वर्षापछि गेउरिया खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको हो ।
कानेपोखरी–रङ्गेली सडकअन्तर्गत रङ्गेली नगरपालिकाको –९ र कोनेपोखरी गाउँपालिकाको –२ लाई जोड्ने गेउरिया खोलामा नौ वर्षदेखि सुरु भएको पुल अझै बनिसकेको छैन ।