संखुवासभा कारागारमा कैदीबन्दी मृत्यु प्रकरणःआफन्तले शव बुझे

न्युजलय २९ साउन २०८०, सोमबार ०२:१० मा प्रकाशित

खाँदबारी । सुरक्षा घेराभित्र कुटपिटबाट मृत्यु भएका दुईजना कैदीको शव आफन्तले बुझेका छन् । 

संखुवासभाको मादी नगरपालिका–५ का विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का आकाश बलामीको शव आफन्तले ६ दिनपछि बुझेका हुन् । 

शनिबार किटानी जाहेरीपछि शवको पोस्टमार्टम भएको थियो । घटनामा संलग्लाई सार्वजनिक नगरेको भन्दै आफन्तले शव बुझ्न मानेका थिएनन् । जाहेरीका आधारमा आइतबार प्रहरीले कारागारमा रहेका प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी र कारागार प्रमुख राजेन्द्र घिमिरेका नाममा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको छ । 

प्रहरीले प्रहरी नियन्त्रणमा रहेका चौधरीलाई पहिलो पटक पाँच दिनका लागि म्याद थप गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कारागारका निमित्त प्रमुख घिमिरे र असई चौधरीको नाम सार्वजनिक गरेपछि सोमबार शव बुझेका हुन् । 

घटनामा संलग्न सबैलाई कारबाही गर्ने आस्वासन सुरक्षा निकायबाट पाएपछि ६ दिनपछि आफन्तले शव बुझेका हुन् ।