२९ चैत्र २०८१ शुक्रवारको राशिफल

न्युजलय २८ चैत २०८१, शुक्रबार ०१:०७ मा प्रकाशित

मेष । कार्यक्षेत्रमा मेहनतको उचित परिणाम मिल्नेछ। लगनशीलताले शत्रुहरू आफैं पन्सिनेछन्। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस्। आयस्रोत सामान्य रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।


बृष । विद्यार्थी वर्गहरूलाई प्रतिस्पर्धामा सफलता मिल्नेछ। मन मिल्दो व्यक्तिसँगको भेटघाटले मन प्रसन्न रहनेछ। धार्मिक समारोहमा सम्मिलित भइएला। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ४ रहेको छ।


मिथुन । जीवनसाथीसंग मनमुटाव रहला। ठेकापट्टाको कार्यबाट लाभआर्जन गर्न सकिएला। पूजा आराधना वा देवालयमा समय बित्नेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेदारी व नयाँ कार्य मिल्ला। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ६ रहेको छ।


कर्कट । सामाजिक वा सामूहिक कार्यमा मान्यजनसँगको भेटघाटले मन उत्साहित रहनेछ। जग्गा जमिनबाट लाभआर्जन गर्न सकिएला। कार्यक्षेत्रमा स्त्रीवर्गबाट विशेष सहयोग मिल्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।


सिंह । कार्यक्षेत्रमा अधिकारी वर्गहरूसँग वैचारिक मतभेद हुने सम्भावना छ। घरको सजावटमा धन खर्च हुन सक्छ। आफन्तहरूको साथ पाइएला। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।


कन्या । आफन्तहरूबाट शुभ सूचना मिल्नाले मन प्रसन्न रहनेछ। रचनात्मक कार्यतर्फ मन जानेछ। आफ्नो व्यक्तित्वले अरुलाई आकर्षण गर्न सक्नुहुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।


तुला । कृषि वा पशुपालनबाट राम्रो आयआर्जन हुनेछ। प्रतिष्ठित कार्यसम्पादन गर्ने अवसर मिल्नेछ। स्वास्थ्यलाई लिएर सजग रहनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।


बृश्चिक । पहिलाका कमीकमजोरीलाई सुधार्ने मौका मिल्नेछ। मेहनतले सम्मानित स्थान प्राप्त हुनेछ। आम्दानी बढ्नुको साथै दिगो फाइदा हुने कार्य प्रारम्भ हुनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ३ रहेको छ।


धनु । कार्यक्षेत्रमा नयाँ कामको प्रस्ताव आउनेछ। पुराना बिछोडिएका इष्टमित्रहरूसँग भेटघाट हुनेछ। व्यापार व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति उत्पन्न हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।


मकर । वैदेशिक क्षेत्र लाभदायक रहनेछ। उच्च शिक्षाको लागि नयाँ अवसर मिल्नेछ। स्वाभिमानको रक्षाको लागि संघर्ष गर्नुपर्ला। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।


कुम्भ । मेहनतको प्रतिफल सोचेजस्तो नमिल्ला। अहिले गरेको त्यागले भविष्य उज्वल हुनेछ। तारिफ योग्य कार्य सम्पादन गर्न सकिएला। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ।


मीन । अप्ठ्यारा परिस्थितिलाई पनि सहज बनाउन सकिनेछ। विद्यार्थीहरूको तर्कशक्ति बढ्नेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायी रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ। 


ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल/हाम्रोपात्रो