कोरोना त्रास : भारतले अन्तर्राष्ट्रिय उडान रोक्ने

न्युजलय १६ मङ्सिर २०७८, बिहिबार ०८:१३ मा प्रकाशित

काठमाडौं । भारतले फेरि अन्तर्राष्ट्रिय उडान रोक्ने भएको छ । यसअघि भारतले डिसेम्बर १५ गतेदेखि अन्तर्राष्ट्रिय उडान शुरू गर्ने बताएको थियो । तर कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्टको त्रासका कारण उक्त निर्णय भारतले फेरेको छ ।


उक्त निर्णयबारे भारतको नागरिक उड्डयन महानिर्देशनालयले बुधबार एक परिपत्र जारी गर्दै जनाएको छ ।


‘चिन्ताको विषय बनेको नयाँ भेरियन्ट पत्ता लागेपछि । विश्वभर विकसित परिदृश्यलाई मध्यनजर गर्दै सबै सरोकारवालासँगको परामर्शका आधारमा अवस्थालाई नजिकबाट हेरिएको छ । उपयुक्त समयमा निर्णय गरी अन्तर्राष्ट्रिय व्यवसायिक उडान सुचारु गर्ने मितिबारे सबैलाई सूचित गरिने छ,’ महानिर्देशनालयले जारी गरेको परिपत्रमा भनिएको छ ।


यो सँगै नेपाल र व्यावसायिक उडानसमेत प्रभावित बनेको छ ।