प्रकाशपुर दुग्ध उत्पादक सहकारी संस्थामा चोरी

न्युजलय ३ मङ्सिर २०७८, शुक्रबार ०७:३० मा प्रकाशित

बराहक्षेत्र । प्रकाशपुर दुग्ध उत्पादक सहकारी संस्थामा गएराति चोरी भएको छ ।


संस्थाको भवन पछाडीबाट चोर पसेर करिव ६० हजार भन्दा बढि नगद चोरी भएको संस्थाका लेखापाल जगत कार्कीले बताए ।


कार्कीका अनुसार संस्थाको पश्चिम पटीको वालबाट चोर पसेको दखिन्छ । चोरले ढोकाको ताला फुटाएर किसानलाई भुक्तानी दिन राखेको रकम चोरी गरेको छ । बिहान ५ बजे संस्था खोल्दा चोरी भएको थाहा भयो ।


चोरहरुको पहिचान गर्न प्रकाशपुर प्रहरी चौकीले संकासपद स्थानीय केहि मानिसलाई पक्राउ गरी अनुसन्धान गरीरहेको छ । संस्थाले आज आर्थीक कारोबार बन्द गरेको छ ।