सुनचाँदीको मूल्य घट्यो

न्युजलय २० कार्तिक २०८२, बुधबार ११:३० मा प्रकाशित

काठमाडौं । सुनको मूल्य ११ सय रुपैयाँले घटेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ११ सयले घटेर सुनको मूल्य २ लाख ३७ हजार २ सय कायम भएको छ। 

यसैगरी सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। महासंघका अनुसार आज एक तोला चाँदीको मूल्य २ हजार ९९० तोकिएको छ।