सुनसरीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाईते

न्युजलय ११ पुस २०७८, आइतबार १२:०१ मा प्रकाशित

इटहरी । सुनसरीको बर्जु गाउँपालिका–२ मा मोटरसाईकल र साईकल ठक्कर लागि दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सुनसरी बर्जु गाउँपालिका–६ का २२ बर्षिय रंजित चौधरी रहेका छन ।

शनिबार दिउँसो को २१ प ९४४६ नम्वरको मोटरसाईकलले साईकल यात्री बर्जु १ का ४५ बर्षिय चमरु ऋषिदेवलाई ठक्कर दिंदा दुबै जना घाईते भई नोवेल अस्पताल बिरानगरमा उपचार भईरहेको थियो ।

उपचारको क्रममा मोटरसाईकल चालक चौधरीको मृत्यु भएको हो । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय दुहबीबाट थप अनुसन्धान भईरहेको छ ।