धनगढी । धनगढी विमानस्थलमा तारजाली तोडेर घाँस काट्न गएका १७ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार दिउँसो विमानस्थलको धावन मार्गको पश्चिमतर्फको तारजाली तोडेर घाँस काट्न अनाधिकृत रुपमा प्रवेश गरेका उनीहरुलाई विमानस्थलमा सुरक्षार्थ खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले घाँस काटिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको बताए ।
भट्टले पहिलो पटक भएकाले उनीहरुलाई स्थानीय जनप्रतिनिधिको रहोबरमा सम्झाइ बुझाइ गरेर आफन्तको जिम्मा लगाइने बताए ।