काठमाडौँ । शुक्रबार (आज) सुनको भाउ सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मुल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँ कायम भइरहेको महासंघले जनाएको छ ।