काठमाडौं । सुनचाँदीको मूल्य लगातार बढिरहेको छ । बिहिबार(आज) सुन प्रतितोला ५ सय रुपियाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९५० रुपियाँमा किनबेच भइरहेको छ ।
त्यस्तै आज चाँदी प्रतितोला प्रतितोला १५ रुपियाँले बढरे १ हजार ४ सय १० रुपियाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।