काठमाडौं । चुनावका लागि झापा क्षेत्र नं. ५ बाट प्रत्यासी रहेको बालेन शाहकी पत्नी सविना काफ्ले पतिको लागि भोट भाग्न सक्रिय भएकी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बालेनले सोही क्षेत्रबाट चुनाव जित्दै आएका नेकपा एमालेका अध्यक्ष तकेपी ओलीसँग यस पटक प्रतिस्पर्धा गर्दैछन् ।
पतिलाई जिताउन सविना आफै घरदैलोमा सक्रिय भएकी हुन् । झापा– ५ अन्तर्गत दमकमा आयोजित घरदैलो र मतदाता भेटघाट कार्यक्रममा उनी पनि देखिएकी हुन् ।
मनोनयन दर्तासँगै केही दिन बसेर दमकमा बसेपछि बालेन अहिले देशव्यापी चुनावी अभियानमा लागेका छन् । पूर्वका केही जिल्ला पुगेपछि उनी अब पश्चिमतर्फ लाग्ने तयारीमा छन् ।
झापा–५ मा भने रास्वपाले बालेनबिना नै चुनावी प्रचारप्रसारलाई तीब्रता दिएको हो । घरदैलो कार्यक्रममा पार्टीका महिला र युवाको उल्लेख्य सहभागिता देखिन्थ्यो । बालेनलाई भोट माग्न सविना केही दिन दमकमै बस्ने जनाइएको छ ।