बढ्यो सुनको मूल्य

न्युजलय २७ असार २०८१, बिहिबार ११:३४ मा प्रकाशित

काठमाडौं । बिहीवार सुनको मूल्य वृद्धि भएको छ । सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधवार प्रतितोला १ लाख ४४ हजार १०० मा कारोबार भएको छापावाल सुन बिहीबार बढेर १ लाख ४४ हजार ९०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार २०० रुपैयाँमा कारोबार भएको छ । 

यसैगरी चाँदीको मूल्य पनि वृद्धि भएको छ । बुधवार प्रतितोला १ हजार ८७० मा कारोबार भएको चाँदीको मूल्य बिहीबार बढेर १ हजार ८८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।