आज सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

न्युजलय २० असोज २०८२, सोमबार ११:२८ मा प्रकाशित

काठमाडौं । सोमबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । सोमबार सुनको मूल्य तोलामा २ हजार ५०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ३० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्यको कीर्तिमान कायम भएको छ । आज चाँदी तोलामा २ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ ।