विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले प्रतिनिधि सभाको निर्वाचनमा सुनसरी–१ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै उनले सुनसरी १ बाटै उमेद्वार बन्ने घोषणा गरेका हुन् ।
उनी २०७९ को निर्वाचनमा धरान उपमहानगरको मेयरमा निर्वाचित भएका थिए । निर्दलीय उम्मेदवार बनेका साम्पाङ मेयरमा निर्वाचित भएपछि उनले आफ्नै अध्यक्षतामा श्रम संस्कृति पार्टी दर्ता गराएका छन् ।
यसअघि सुनसरी १ बाट अशोक राई निर्वाचित भएका थिए । उनी एमाले जसपा गठबन्धनबाट विजयी भएका थिए ।