प्रदेश १ मा आज थप १६५ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

न्युजलय १० कार्तिक २०७८, बुधबार ०७:१७ मा प्रकाशित

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १६५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ८९४ जनाको पीसीआर परीक्षण गर्दा १४२ र १३१ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ६६, झापामा ३३, सुनसरीमा २७, उदयपुरमा ३, धनकुटामा २, संखुवासभा, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको हो ।

 

प्रदेश १ मा आज ३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १७ महिला र १९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र २ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।