काठमाडौं । गायक पुष्पन प्रधान र अनु चौधरीको गीत ‘हल्का हल्का माया बस्यो’ सार्वजनीक भएको छ । गीतमा पुष्पन प्रधानको शब्द संगीत छ भने जोनी योञ्जन तामाङले एरेन्ज र मिक्सिङ गरेका छन् ।
भिडिओको निर्देशनमा निकेश खड्काले भूमिका खेलेका छन् भने सम्पादन बिकाश धमलाले र छायांकन दिनेश पराजुलीले गरेका छन् ।
भिडिओमा गरिमा शर्मा र प्रभात पल ठकुरीको माया प्रेम देखाइएको छ ।