सगुन कृषि सहकारी तथा प्रदेश १ कृषि सहकारी संघको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

न्युजलय १४ पुस २०७८, बुधबार ०१:२७ मा प्रकाशित

इटहरी । सगुन कृषि सहकारी संस्था तथा प्रदेश १ कृषि सहकारी संघ तदर्थ समितिको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

गत पौष ११ गते आइतवार मोरंग र सुनसरीका साना किसान तथा कृषि सहकारी संघ संस्थाले उत्पादन गरेका कृषि उपज र अन्य बस्तुहरुको बजारीकरण र ब्यवसायीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । 

नेपाल कृषि सहारी केन्द्रीय संघका अध्यक्ष खेमबहादुर पाठक ज़्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष मिना ढकाल, जिल्ला कृषि सहकारी संघ सुनसरी र मोरगंका अध्यक्ष सहितको उपस्थिति रहेको थियो । 

कार्यक्रममा सगुन कृषि सहकारी संस्थाले संचालन गरिरहेको बजारीकरण र ब्यवसायीक काम तथा भावि कार्य योजना समेत प्रस्तुत गरिएको थियो ।