इटहरीमा स्कुटर दुर्घटना हुँदा एक पुरुषको मृत्यु

न्युजलय १० बैशाख २०८२, बुधबार १२:१६ मा प्रकाशित

इटहरी । इटहरीमा स्कुटर दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ ।

इटहरी उपमहानगरपालिका–१० मा नम्बर नभएको ईभी स्कुटर डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको स्कुटर आफैं अनियन्त्रित भएर दुर्घटना भएको हो ।

गम्भीर घाइते भएका चालकलाई उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएको थियो । अस्पताल पुर्याउनसाथ चिकित्सकले उनलाई मृत घोषित गरेका हुन् ।

अन्दाजी ३० वर्षीय मृतकको पहिचान खुलेको छैन । स्कुटर तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।